Social Enterpreneurship Model' अर्थात् समाजलाई फाइदा हुने व्यवसायिक क्रियाकलापहरुमा मात्र सरिक हुने साथै स्थानीय व्यक्तिहरुको सहभागितालाई प्राथमिकतामा राखि अगाडि बढने योजना अनुरुप हामीले कार्य गरिरहेका छौं ।
तसर्थ यस बिशिष्ट किसिमको "सामाजिक उद्धमशीलता" को बारेमा थप जानकारी लिन वा हामीले प्रदान गरिरहेको सेवाबाट लाभान्वित हुन तथा केहि कमी कमजोरीहरु भए औल्याईदिनुहुन हामी बिनम्र अनुरोध गर्दछौं ।
चाकडी गरेर वा कसैको पछि लागेर बाँच्नु भन्दा हातमा हात मिलाएर संगै अघि बढे सिङ्गो राष्ट्र नै संगै सम्बृद्ध बन्नेथियो भन्ने सोचले संचालन गरिएको कृषिबारी ती सम्पूर्ण युवाहरुको सम्मान र स्वागत गर्न चाहन्छ जसले माटोमा जीवन अनि समुन्नती पनि देखेको छ ।