हामी बिशेष छौ

सदस्यतामा आधारित

भविष्यमा हाम्रा सबै नियमित ग्राहकहरुलाई सदस्यता प्रदान गरि क्यासलेस कारोबारका लागि प्रेरित गरिनेछ । उधारो सुबिधा, छुट, स्किम साथै अन्य बिविध योजनाहरु तैयार गरि हाम्रा सदस्यहरुलाई प्रशस्त फाइदा हुने गरि कृषिबारी संचालन गरिनेछ ।

सामाजिक उद्यमशीलताको नमुना

मानिस सामाजिक प्राणी हो । सभ्य समाजले मात्र व्यवसायिक इमान्दारिताको कल्पना गर्न सक्दछ अनि यसको परिपालना पनि । हामीले बनाएको अनि यहि समाजको बीचमा हुर्केको र बढेको यो कृषिबारी प्रेरणा हो सुन्दर समाज निर्माणको । तपाईको बारीमा फलेको दुई किलो सागसँग प्याज साट्न मिल्ने साथी हो कृषिबारी । घरमा कोहि बेरोजगार भए काम पाउने थलो हो कृषिबारी । व्यवसायिक सोच भएका जागरुक युवाहरुको पौरखलाई यहि माटोमा खन्याउन लागि परेको संस्था हो कृषिबारी । “हामीले गरेको व्यवसायले हाम्रो समाजलाई फाइदा गर्नुपर्छ” हामीले जानेको यति नै हो ।

अफलाइन सपिंग, फ्री होम डेलीवरी

सागसब्जीले तपाईको स्वास्थ्यलाई प्रत्यक्ष असर गर्ने हुनाले यस सम्बन्धमा थप जानकार हुनुहोस भन्नका लागि हामीले लिएर आएका छौं व्यापारको उहि पुरानो तरिका अफलाइन सपिंग अनि सब्जीको भारीले तपाईलाई अप्ठयारो नहोस भन्नका लागि फ्री होम डेलीवरी ।

स्वरोजगार तथा व्यवसाय गर्ने अवसर

हाम्रा बिविध परियोजनाहरु मध्ये तपाईलाई राम्रो लागेको व्यवसाय छनौट गरि एक्लै वा सामुहिक रुपमा समेत हामी सहकार्य गर्न सक्छौं । थप जानकारीका लागि यहाँहरुले हामीसँग सम्पर्क राख्न सक्नुहुनेछ ।

धन्यवाद आदान-प्रदान कार्यक्रम

धन्यवाद ।

Top