कृषिबारी सम्बन्धि केहि प्रश्न र उत्तरहरु तल पाउन सक्नुहुनेछ, तपाईका मनमा रहेका प्रश्नहरुको उत्तर पाउनु भएन भने कृपया हामीलाई +977-981007700 मा फोन अथवा Krishibari@sriyog.com मा ई-मेल गर्न सक्नुहुनेछ |
स्थानीय स्तरमा उत्पादित सामग्रीहरुलाई सुलभ मुल्यमा उपभोक्ता सम्म पुर्याउने व्यवसायिक थलो हो कृषिबारी ।
कृषिबारीको फ्रेन्चाइजी लिन आवश्यक प्रक्रिया पूरा गरि सजिलैसँग कृषिबारी मार्फत सागसब्जी बेच्न सकिन्छ ।
१.कृषिबारीको बैंक खातामा रु. एक लाख जम्मा गरि नजिकैको कृषिबारी बितरण केन्द्रमा कम्तिमा एक महिनाको “ On The Job Traning” सफलतापुर्वक सम्पन्न गर्नुपर्नेछ ।
२.कृषिबारी बितरण केन्द्र संचालन गर्न आवश्यक पर्ने स्थान छनोट, घर/टहरा निर्माण, आवश्यक सामग्रीहरु संकलन, व्यवस्थापन आदि कार्यहरु कृषिबारीले गर्नेछ ।
३.बाँकी रकम जम्मा गरेपछि कृषिबारी बितरण केन्द्र शुभारम्भको मिति तय गरिनेछ, थप कार्यहरु सम्पन्न गरिनेछ ।
४.KrishiBari द्वारा उपलब्ध गराइएका सामानहरु कृषिबारीले तोकेको मुल्यमा उपभोक्ताहरुसम्म पुर्याउनु कृषिबारी बितरण केन्द्र (फ्रेन्चाइजी) को प्रमुख दायित्व हुनेछ।
५.“ सुलभ मूल्य ; सम्माननीय व्यवहार ” हाम्रो मूल सिद्धान्त रहनेछ।