हाम्रो बारेमा

5.JPG
कृषिबारी

आफ्नै बारीको उत्पादन

स्थानीय स्तरमा उत्पादित कृषिजन्य सामग्रीहरुको संकलन, प्रवर्धन, बिक्री–बितरण साथै बिषादीरहित सागसब्जी उत्पादनमा अग्रणी भूमिका निर्वाह गर्न सहकार्यको सिद्धान्तमा हामी तपाईहरुसँग जोडिन चाहन्छौं ।

र यो सहकार्यको शुरुवात हामी गर्दैछौं जीवन र जगतलाई जोड्ने कडी अर्थात प्रकृति अझ सरल भाषामा सागसब्जीहरुको उत्पादन, संकलन र बिक्री–बितरणको माध्यमबाट ।

हाम्रो सेवाहरु

  • ताजा सागसव्जी, फलफूल साथै कृषिजन्य सामग्री खरिद तथा बिक्री सेवा ।
  • कृषि उत्पादन तथा ब्यवस्थापन सम्बन्धि आवश्यक सल्लाह, परामर्श तथा सहकार्य
  • नेपाल अधिराज्यभरि ‘‘कृषिबारी’’ संचालन गर्ने अवसर ।

  • ...

    फार्म उन्मुख

    आफ्नै बारीको उत्पादन उपभोक्ताहरु सम्म पुर्याउन देशका बिभिन्न भागहरुमा व्यवसायिक/सामुहिक खेती गर्ने साथै इच्छुक अनि योग्य कृषक दाजुभाइहरुसँग सहकार्य गर्न हामी अग्रसर छौं।

    ...

    ताजा सागसब्जीहरू

    कृषिबारीले फार्मबाट सिधै उपभोक्ताहरुसम्म सागसब्जी पुर्याउने हुनाले ताजापनको महशुस हामी गराउछौँ।

    ...

    हामी जोशिलो छौं

    हाम्रा उत्पादनहरुलाई चाडो भन्दा चाडो बजार सम्म पुर्याउन र देशका विभिन्न भागहरुमा पुग्न हामीले प्रशस्त परिश्रम र लगानी गरिरहेका छौं ।

    ...

    प्राकृतिक उत्पादनहरू

    बिषादीरहित उत्पादन र प्राकृतिक खेती प्रणाली (Natural Farming System) तर्फ कृषकहरुलाई लाग्न प्रेरणा प्रदान गरिरहेका छौ ।

    Top