स्वस्थ तथा ताजा सागसब्जी साथै अन्य विविध कृषिजन्य सामग्रीहरु सर्वसुलभ रुपमा तपाईहरूसम्म पुर्याउने उद्धेश्यले संचालित कृषिबारीको आधिकारिक वेब पोर्टल मा यहाँहरुलाई स्वागत छ ।
मानिस सामाजिक प्राणी भएका नाताले सम्बन्ध बनाउने साथै यसलाई थप प्रगाढ बनाउने उद्धेश्यले यो वेबसाइट तैयार गरिएको छ ।
आफ्नै बारीको उत्पादन उपभोक्ताहरु सम्म पुर्याउन देशका बिभिन्न भागहरुमा व्यवसायिक/सामुहिक खेती गर्ने साथै इच्छुक अनि योग्य कृषक दाजुभाइहरुसँग सहकार्य गर्न हामी अग्रसर छौं।
कृषिबारीले फार्मबाट सिधै उपभोक्ताहरुसम्म सागसब्जी पुर्याउने हुनाले ताजापनको महशुस हामी गराउछौँ।
हाम्रा उत्पादनहरुलाई चाडो भन्दा चाडो बजार सम्म पुर्याउन र देशका विभिन्न भागहरुमा पुग्न हामीले प्रशस्त परिश्रम र लगानी गरिरहेका छौं ।
बिषादीरहित उत्पादन र प्राकृतिक खेती प्रणाली (Natural Farming System) तर्फ कृषकहरुलाई लाग्न प्रेरणा प्रदान गरिरहेका छौ ।
"Local People; Local Industry" अवधारणामा संचालित कृषिबारीले यथाशक्य आफनै बारीको अर्थात स्यानीय उत्पादनहरुलाई संकलन गरि उपभोक्ता सम्म पुर्याउने कार्य गर्दछ ।